यसरी बनाउन सकिन्छ स्वादिष्ट 'किमा शाही कवाफ’ | Khabarhub Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘किमा शाही कवाफ’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री :

५०० ग्राम किमा (इच्छा अनुसारको मटन, चिकेन, बफ र भेज जुनसुकै पनि लिनसकिन्छ) १०० ग्राम चनाको दाल (पिँधेको), १०० ग्राम प्याज, अदुवा, हरियो खुर्सानी, ५० ग्राम कर्नफ्लोर, ५० ग्राम ब्रेडक्राम, हरियो धनियाँ ३ मुठा, ल्वाङ ३ ग्राम, दालचिनी ३ ग्राम, सुकुमेल, एउटा अण्डा, एक चिया चम्चा गरम मसला, १०० ग्राम सोयाविन तेल, नुन, अजिनोमोटो इच्छा अनुसार ।

बनाउने विधि :

अलिकति तेल, किमा, नुन, दाल, अदुवा, ल्वाङ, दालचिनी, सुकुमेल, बेसार, प्याज, हरियो खुर्सानी, जिरा, धनियाँ, अजिनोमोटो एक चम्चा सबै मलेर त्यसमा थोरै पानी राखी राम्ररी पकाउनु, पानी सुकेपछि बाहिर निकाली सेलाएपछि अण्डा, कर्नफ्लोर, गरम मसला, ब्रेडक्राम मिलाई राम्ररी मल्नु र चारपाटे, गोलो आकारको बनाई पुनः फ्राई गर्नु अन्तमा सस् वा अचारसँग खान योग्य भयो । यो परिकार पार्टीमा स्न्याक्सको रूपमा पनि लिन सकिन्छ भने इच्छा अनुसारको घरैमा तयार गरेर पनि खान सकिन्छ ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : २२ बजे

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी– मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको

आइपिएल अक्सनको मिति तोकियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर