जापानमा मागभन्दा धेरै रोजगारीका अवसर « Khabarhub

जापानमा मागभन्दा धेरै रोजगारीका अवसर


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१८ मा सार्वजनिक भएका समाचारहरुका अनुसार जापानमा औसतमा हरेक एक सय जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १ सय ६३ वटा रोजगारका अवसर हुने गरेका छन् । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको जापानको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयद्वारा प्रकाशिन गरेको पछिल्लो विवरणमा गएको डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक एक सय जनाका लागि औसतमा १ सय ६३ वटा रोजगार उपलब्ध हुने गरेको जनाइएको छ । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको हो ।

मुलुकको बेरोजगारीदर पनि गएको डिसेम्बरमा निकै न्यून छ । जापानी सरकारी तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ ।

जापानको अर्थतन्त्र गएको वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटक–पटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुवैमा असर परेको थियो ।

जापानमा ठूलो संख्यामा नेपाली कामदार र विद्यार्थी बसोबास गरिरहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : ३३ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा