नयाँ फिल्म साहोको सीनबाट किन खुसी छैनन् बाहुबली स्टार प्रभास ? | Khabarhub Khabarhub

नयाँ फिल्म साहोको सीनबाट किन खुसी छैनन् बाहुबली स्टार प्रभास ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपर स्टार एवं बाहुबली फिल्मबाट भारतीय फिल्म उद्योगमा तहल्का मच्चाएका सुपरस्टार प्रभास बलिउडमा डेब्यू गर्ने तयारीमा छन् ।

फिल्म साहोमा उनी श्रद्धा कपुरको अपोजिट देखिएका छन् । बाहुबलीबाट विश्वभरमा चर्चामा आएका प्रभास अब बलिउडमा धाक जमाउनका लागि तयार भएका छन् ।

प्रभासलाई ठूलो प्रजेक्टमा काम गर्ने अभिनेताको रुपमा लिइन्छ । साहो माथि पनि पछिल्लो ३ वर्षदेखि काम गरिरहेका छन् । तर पछिल्लो मिडिया रिपोर्टहरुका अनुसार उनी फिल्मको केही सीनबाट उनी खुसी छैनन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जुन रुपमा फिल्मको केही सीन खिचिएको छ त्यसमा उनी खुसी छैनन् । केही सिनलाई लिएर बाहुबलीका स्टार सन्तुष्ट नभएको समाचारहरु सार्वजनिक भएका छन् ।

यस्तोमा अभिनेताले फिल्मका निर्देशकले केही सिन फेरि खिच्न सल्लाह दिएका छन् साथै केही परिवर्तन गर्न पनि सुझाव दिएका छन् । साहो फिल्मको टीम शुटिङका लागि अबुधाबी जानेछ । यसपछि शुटिङ समाप्त गरेर हैदराबादको स्टूडियोमा पोस्ट प्रोडक्शनको काम हुनेछ । तर फिल्मको कुन सिनमा उनी असन्तुष्ट छन् भन्ने सार्वजनिक हुन सकेको छैन ।

प्रभासका कारण फिल्मको सुटिङको सेडुल विग्रिएको छ जसलाई फेरि परिवर्तन गरिएको छ । आगामी हप्तामा फिल्मको शुटिङ पूरा हुनेछ । हालसालै फिल्मको मुम्बइ शेडुलको सुटिङ पूरा भएको छ । साहो एक स्पाए थ्रिलर फिल्म हो । फिल्मको बजेट ३०० करोड रुपैयाँ हाराहारी बताइएको छ । पछिल्लो दुई वर्ष देखि फिल्मको सुटिङ चलिरहेको छ ।

कास्टको कुरा गर्ने हो भने यसमा प्रभासको अपोजिट श्रद्धा कपुर देखिने छन् । यसका अलावा नील नितिन मुकेश, जेकी श्राफ, चंकी पाण्डे तथा मन्दिा बेदी पनि फिल्मको हिस्सा बनेका छन् । फिल्म १५ अगस्ट २०१९ मा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : २८ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न