नयाँ फिल्म साहोको सीनबाट किन खुसी छैनन् बाहुबली स्टार प्रभास ? « Khabarhub

नयाँ फिल्म साहोको सीनबाट किन खुसी छैनन् बाहुबली स्टार प्रभास ?


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपर स्टार एवं बाहुबली फिल्मबाट भारतीय फिल्म उद्योगमा तहल्का मच्चाएका सुपरस्टार प्रभास बलिउडमा डेब्यू गर्ने तयारीमा छन् ।

फिल्म साहोमा उनी श्रद्धा कपुरको अपोजिट देखिएका छन् । बाहुबलीबाट विश्वभरमा चर्चामा आएका प्रभास अब बलिउडमा धाक जमाउनका लागि तयार भएका छन् ।

प्रभासलाई ठूलो प्रजेक्टमा काम गर्ने अभिनेताको रुपमा लिइन्छ । साहो माथि पनि पछिल्लो ३ वर्षदेखि काम गरिरहेका छन् । तर पछिल्लो मिडिया रिपोर्टहरुका अनुसार उनी फिल्मको केही सीनबाट उनी खुसी छैनन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जुन रुपमा फिल्मको केही सीन खिचिएको छ त्यसमा उनी खुसी छैनन् । केही सिनलाई लिएर बाहुबलीका स्टार सन्तुष्ट नभएको समाचारहरु सार्वजनिक भएका छन् ।

यस्तोमा अभिनेताले फिल्मका निर्देशकले केही सिन फेरि खिच्न सल्लाह दिएका छन् साथै केही परिवर्तन गर्न पनि सुझाव दिएका छन् । साहो फिल्मको टीम शुटिङका लागि अबुधाबी जानेछ । यसपछि शुटिङ समाप्त गरेर हैदराबादको स्टूडियोमा पोस्ट प्रोडक्शनको काम हुनेछ । तर फिल्मको कुन सिनमा उनी असन्तुष्ट छन् भन्ने सार्वजनिक हुन सकेको छैन ।

प्रभासका कारण फिल्मको सुटिङको सेडुल विग्रिएको छ जसलाई फेरि परिवर्तन गरिएको छ । आगामी हप्तामा फिल्मको शुटिङ पूरा हुनेछ । हालसालै फिल्मको मुम्बइ शेडुलको सुटिङ पूरा भएको छ । साहो एक स्पाए थ्रिलर फिल्म हो । फिल्मको बजेट ३०० करोड रुपैयाँ हाराहारी बताइएको छ । पछिल्लो दुई वर्ष देखि फिल्मको सुटिङ चलिरहेको छ ।

कास्टको कुरा गर्ने हो भने यसमा प्रभासको अपोजिट श्रद्धा कपुर देखिने छन् । यसका अलावा नील नितिन मुकेश, जेकी श्राफ, चंकी पाण्डे तथा मन्दिा बेदी पनि फिल्मको हिस्सा बनेका छन् । फिल्म १५ अगस्ट २०१९ मा रिलिज गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : २८ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६