फोरम-नयाँ शक्ति पार्टीबीच एकता: उपेन्द्र कार्यकारी, डा बाबुराम संघीय परिषद् अध्यक्ष « Khabarhub

फोरम-नयाँ शक्ति पार्टीबीच एकता: उपेन्द्र कार्यकारी, डा बाबुराम संघीय परिषद् अध्यक्ष



काठमाडौं – संधीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता घोषणाका लागि प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गरएको छ ।

पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

दुई अध्यक्ष

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दलमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष  बन्ने भएका छन् । त्यस्तै अशोक राई वरिष्ठ नेता हुनेछन् ।  

एकीकृत पार्टीमा २४ जना पदाधिकारी रहनेछन् । जसमा फोरमबाट १५ जना र नयाँ शक्तिबाट ९ जना रहने छन् । ४३१ जनाको केन्द्रीय समिति बनाउने सहमति दुई दलबीच भएको छ ।

एकीकृत पार्टीको महाधिवेशन आगामी असोज ७,८,र ९गते जनकपुरमा गर्ने सहमति भएको उपेन्द्र यादव पक्षका नेता अर्जुन थापाले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : १७ बजे

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर