‘ताउ-ते’ चक्रवातले भारतमा २० जनाको मृत्यु, दुई लाखभन्दा बढी विस्थापित | Khabarhub Khabarhub

‘ताउ-ते’ चक्रवातले भारतमा २० जनाको मृत्यु, दुई लाखभन्दा बढी विस्थापित


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा शक्तिशाली ‘ताउ-ते’ चक्रावतले कम्तीमा २० जनाको मृत्यु भएको छ ।

भारतका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानले कम्तीमा २० जनाको मृत्यु भएको तथा दुई लाखभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

अत्यन्त शक्तिशाली भनिएको ‘ताउ-ते’ तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको जनाइएको छ ।

कयौँ क्षेत्रमा हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको छ ।

गुजरात राज्यका विभिन्न स्थानमा बजारिएको यो तुफान सन् १९९८ यताकै सबभन्दा शक्तिशाली मानिएको छ ।

भारतीय मौसम विभागले गुजरातको छिमेकी राज्य महाराष्ट्रमा पनि उच्च सतर्कतामा अपनाउन अपील गरेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेका छन् । तीमध्ये ३८ जनाको मात्रै उद्धार भएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ५५ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा