प्रेम पाउन धर्म परिवर्तन गर्ने यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

प्रेम पाउन धर्म परिवर्तन गर्ने यी अभिनेत्रीहरु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड जहिल्यै धर्मको नाममा उदार छ । बलिउडका यस्ता केही सेलिब्रेटीको लामै सूची छ, जसले आफ्नो धर्मभन्दा बाहिर गएर विवाह गरेका छन् ।

नवभारत टाइम्सका अनुसार अभिनेत्री शर्मिला टैगोर आफ्नो समयको सबैभन्दा ग्ल्यामरस बलिउड अभिनेत्री हुन् । उनको भारतकै सबैभन्दा प्रख्यात र स्टाइलिस क्रिकेटर मंसूर अली खानसँग प्रेम थियो ।

भारतीय क्रिकेट टिमको कप्तान रहेका मंसूरलाई टाइगर पटौदीका नामबाट पनि बोलाइन्थ्यो । शर्मिलाले टाइगरसँग विवाह गर्नका लागि इस्लाम धर्म अपनाइन् । विवाहपछि उनको नाम बेगम आयशा सुल्तान राखियो ।

अभिनेत्री नरगिस एक समय बलिउडकी सफल अभिनेत्री थिइन् । उनको प्रेम आफूभन्दा कम उमेरका अभिनेता सुनील दत्तसँग भएको थियो ।

जब नरगिसले सुनीलसँग विवाह गरिन्, उनले इस्लाम धर्म छोडेर हिन्दु धर्म अपनाइन् । नरगिसले पनि आफ्नो नाम निर्मला दत्त राखेकी थिइन् ।

अभिनेता सैफ अली खानकी पहिलो पत्नी अमृता सिंह सैफ भन्दा जेठी छिन् । सैफसँग विवाह गर्नका लागि अमृताले इस्लाम धर्म अपनाइन् ।

सैफको परिवार यो विवाहविरुद्ध थियो । विवाहको १३ वर्षपछि उनीहरु अलग्गिए । त्यसपछि सैफले अभिनेत्री करीना कपूरसँग विवाह गरे ।

अभिनेत्री आयशा टाकियाका पिता हिन्दु र आमा मुस्लिम थिइन् । उनले मुम्बईका रेष्टुरेन्ट मालिक र समाजवादी पार्टीका नेता अबु आजमीका छोरा फरहान आजमीसँग परम्परागत मुस्लिम रीतिरिवाज अनुसार विवाह गरिन् ।

तर उनले कहिल्यै पनि आफूले मुस्लिम धर्म अनुसार विवाह गरेको स्वीकारिनन् ।

अभिनेत्री हेजल कीचले भारतीय क्रिकेटर युवराज सिंहसँग विवाह गरेकी थिइन् । युवराजसँग विवाह गर्न हेजलले इस्लाम धर्म छोडेर सिख धर्म अपाइन् । उनले आफ्नो नाम पनि गुरबसन्त कौर राखिन् ।

अभिनेत्री दिव्या भारतीले निर्माता साजिद नाडियाडवालासँग गुपचुप विवाह गरेकी थिइन् । यसका लागि उनले हिन्दु धर्म त्यागेर इस्लाम धर्म अपनाएकी थिइन् । तर विवाहको केही समयपछि नै उनको रहस्यमय किसिमले मृत्यु भयो ।

अभिनेत्री नगमाका पिता हिन्दु र आमा मस्लिम थिए । नगमा कुन धर्म मान्छिन् भन्ने कसैलाई थाहा छैन । तर उनले सन् २००८ मा आफूले इसाई धर्म अपनाएको घोषणा गरिन् ।

अभिनेत्री ममता कुलकर्णीले आफ्नो प्रेमी विकी गोस्वामीसँग विवाह गरिन् । विकीलाई लागु औषधको तस्करी आरोपमा युएईमा २५ वर्षको जेल सजाय भएको थियो ।

तर विकीले इस्लाम धर्म अपनाएपछि उनको सजायमा माफी दिइएको थियो । विकीसँगै ममताले पनि इस्लाम धर्म अपनाइन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : २० बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम