बैंक तथा वित्तीय संस्थाले सीएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने « Khabarhub

बैंक तथा वित्तीय संस्थाले सीएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च हुने रकमलाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यसबाट कोरोना पीडितको उपचारमा सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ । बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षा गर्दै उक्त व्यवस्था गरिएको जनाएको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै भनेको छ, ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने छ ।’

सोही बुँदमा थप स्पष्ट पार्दै अगाडि भनिएको छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधि आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

निषेधाज्ञामा कालोसूचीमा नराख्नु

केही बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको समयमा समेत ऋणीलाई कालोसूचीमा राखेको पाइएपछि केन्द्रीय बैंकले कोरोना महामारी रोक्न सरकारले लगाएको निषेधाज्ञामा कोही कसैलाई पनि त्यस्तो सूचीमा नराख्न भनेको छ ।

कोरोनाका कारण प्रभावित ऋणीलाई राष्ट्र बैंकको यस्तो व्यवस्थाले सहुलियत प्रदान हुनेछ ।

उक्त व्यवस्था पछि बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना प्रकाशित गर्न नपाउने भएका छन् ।

अक्सिजन उद्योग स्थापना गर्न ऋण

अक्सिजन उद्योग स्थापनाको लागि सहुलियत दरमा ऋण दिने भएको छ । हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले सहज रुपमा ऋण दिनुपर्नेछ ।

स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लाण्टको लागि रु ५० करोडसम्म र अक्सिजन प्लाण्ट स्थापनाका लागि रु २० करोडसम्मको कर्जा लिन सक्नेछन् । त्यस्तो कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ४४ बजे

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको