भारतमा शक्तिशाली तुफान, १२ जनाको मृत्यु « Khabarhub

भारतमा शक्तिशाली तुफान, १२ जनाको मृत्यु


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुन्द्री तुफानको प्रकोपले कम्तीमा १२ जनाको ज्यान गएको छ ।

दुई लाख मानिस विस्थापित भएको समाचार सार्वजनिक भएका छन् ।

अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बीबीसीले जनाएको छ।

ताउ–ते चक्रवातका कारण भारतको गुराजत, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ । अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ–ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ०९ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब