प्रतिनिधिसभाको बैठक आज : नीति तथा कार्यक्रममाथि छलफल हुने « Khabarhub

प्रतिनिधिसभाको बैठक आज : नीति तथा कार्यक्रममाथि छलफल हुने


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि आज (आइतबार)बाट छलफल हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सरकारका तर्फबाट संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ । नीति तथा कार्यक्रम आगामी मंगलबार पारित गर्ने सरकारको तयारी छ ।

नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको भाषालाई लिएर विवाद भएको छ । सत्तारुढ दलभित्रैका सांसदहरुले पनि त्यसको कडा आलोचना गरेका छन् ।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेको विषय सर्वत्र आलोचना भएको छ । यसको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय प्रचलन भएको बताएका थिए । उनले नीति तथा कार्यक्रमको बचाउ गर्न नेकपाका सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ९ : ०७ बजे

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन