भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति « Khabarhub

भारतको औषधि नियामक सीडीएससीओले दियो कारोनाविरुद्धको खोप आयात गर्न अनुमति


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको औषधि नियामक संस्था सेन्ट्रल ड्रग स्ट्यान्डर्ड कन्ट्रोल अर्गनाइजेसन (सीडीएससीओ)ले भारतमा कोरोनाविरुद्धको खोप आयात गर्न लाग्ने प्रक्रियालाई सहज बनाइदिएको छ । औषधि नियामक सीडीएससीओले कोरोनाविरुद्धको खोप आयात गर्न निजी तथा राज्य सरकारलाई अनुमति दिनुका साथै आयात निर्देशिका जारी गरेको छ

आयातकर्ता तथा उत्पादकले कारोनाविरुद्धको खोप आयात गर्न सीडीएससीओले तीनवटा अवस्थाहरु प्रदान गरेको छ । विश्वमा कोरोनाविरुद्धको धेरै खोपहरु विकास भएपनि भारतमा आपतकालीन प्रयोगमा अनुमति नपाएका खोपहरु आयात गर्न नपाइने जनाइएको छ ।

नयाँ औषधि र परीक्षण नियम २०१९, औषधि आयात दर्ता नियम १९४५ र औषधि आयात अनुमतिपत्रसम्बन्धी नियम १९४५ को पूर्ण पालना गरेर कोरोनाविरुद्धको खोप आयातका लागि निजी क्षेत्रलाई खुला गरेको हो ।

आयातकर्ताहरुले सीडीएससीओले जारी गरेको मापदण्ड अन्तर्गत आयात गरिएका कोरोनाविरुद्धका खोपहरुलाई भारत सरकारले आधिकारिक च्यानलभन्दा बाहिर पनि वितरण गर्न सकिनेसमेत जनाइएको छ । भारतमा कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै मे १ मा कोरोनाविरुद्धको खोपको मूल्यमा समानता र देशव्यापी खोप अभियानको रणनीतिमा परिवर्तन गरिएको थियो ।

भारतमा हाल स्वदेशमै उत्पादन गरिएका अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप र भारत बायेटेकले विकास गरेको कोभ्याक्सिन प्रयोग भइरहेका छन् । केही साता अघि भारत सरकारले कोरोनाविरुद्धको विश्वको पहिलो खोप स्पुतनिक भीलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विषयविज्ञ समितिले रुसी खोपको अध्ययन गरिसकेपछि खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

भारतले रुसबाट प्रराम्भिक चरणमा डेढ लाख खोप आयात गरेको छ । यस खोपलाई अबको केही दिनमा लगाउन शुरु गरिने जनाइएको छ । भारतले यसअघि सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोशिशिल्ड खोप नेपालसहित दक्षिण एसिया र विश्वका अन्य मुलुकहरुमा अनुदानमा उपलब्ध गराएको थियो । भातरले नेपाललाई १० लाख डोज खोप अनुदान सहयोग गरेको हो ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  २ : ०६ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि