लमजुङमा फेरि गयो भूकम्प, स्थानीय त्रसिद « Khabarhub

लमजुङमा फेरि गयो भूकम्प, स्थानीय त्रसिद


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

पछिल्लो पटक राति १० बजेर ३९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  उक्त भूकम्प आज बिहान गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्प गएसँगै स्थानीय त्रसिद बनेका छन् । कोरोना कहरकाबीच भूकम्पले झन त्रास बढाएको उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान गएको भूकम्प सहितको गरी चार रेक्टर स्केलभन्दा माथिको भूकम्प ६ पटक गएको छ।

बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४,  ८ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसैगरी दिउँसो ३ बजेर ८ मिनेटमा ४ र राति १० बजेर ३९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ । यसअघि साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ५४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु