माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार « Khabarhub

माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा जिल्ला नेता पाण्डेमाथि राति ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

पाण्डेको पेट र कम्मरमा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ ।

तौलिहवातिर जाँदै गरेका पाण्डेलाई अर्को मोटरसाईकलमा आएका ३ जनाले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।

घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ३५ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी