माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार « Khabarhub

माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा जिल्ला नेता पाण्डेमाथि राति ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

पाण्डेको पेट र कम्मरमा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ ।

तौलिहवातिर जाँदै गरेका पाण्डेलाई अर्को मोटरसाईकलमा आएका ३ जनाले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए ।

घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ३५ बजे

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई