घरभित्रै अराधना गरी जानकी नवमी मनाउन आग्रह | Khabarhub Khabarhub

घरभित्रै अराधना गरी जानकी नवमी मनाउन आग्रह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारीका कारण घरभित्रै जानकी नवमी मनाउन जानकी मन्दिरको महन्थ रोसन दासले आग्रह गरेका छन् । कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन जानकी नवमी यस वर्ष घरभित्रै मनाउन आग्रह गरेका हुन् ।

महामारी नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको निषेधज्ञाका कारण भागवान सिताको जन्मउत्सवको रुपमा मनाइने जानकी नवमी विधि पुर्‍याउन श्रद्धालुलाई घरभित्रै मनाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रत्येक वर्ष भगवान सिताको जन्म दिनको अवसरमा मनाइने जानकी नवमी आज विहिबारदेखि शुरु भएपनि कोरोनोको कारण उत्सव देखिएको छैन् ।

निषेधाज्ञाको कारण मन्दिरको मुल गेटसमेत बन्द गरिएको छ । आज जानकी जन्मोत्सव भएपनि जानकी मन्दिरको मुल ढोका बन्द छ भने न मन्दिर पनि सुनसान रहेको छ । सर्वसाधारणको लागि मन्दिरको मुल ढोका बन्द गरेर सम्पूर्ण विधि अपनाएर नवमी मनाउने महन्थ दासको भनाइ छ ।

‘कोरोनाको कारण प्रशासनले निषेधाज्ञा लगाएको छ । जसको कारण मन्दिर पनि बन्द छ तर दैनिक पूजापाठ र जानकी नवमीमा हुने विधिहरुमा कुनै कटौती गरिएको छैन्,’ उनले भने, ‘सरकारले जारी गरेको सबै नियमको पालना गरी नवमी मनाउछौं । पूजा अराधनामा दशजना भन्दा ढी सहभागि हुँदैनन् ।’

मिथिला नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली साँझ सात बजे आरती गर्न महन्थ दासले आग्रह गरेका छन् । साँझ जानकी मन्दिरमा मिथिलाको परम्पराअनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ४७ बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना