स्पेनबाट प्राप्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण « Khabarhub

स्पेनबाट प्राप्त स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

चार्टर जहाजबाट ल्याइएको समान सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले हस्तान्तण गरेका हुन् ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामग्री छ ।

सामग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासहितको टोली नेपाल आएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गएपछि स्वास्थ्य सामग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै यो सामग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको डाइरेक्टर सोलिमनले बताए । बुधबार मात्र २४६ जनाको मृत्यु भएको थियो ।

यता बिहीबार चीन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ३ : १५ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब