बादल पराजित भएपछि पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : दुध ख्वाएर पालेका सापले डँसे | Khabarhub Khabarhub

बादल पराजित भएपछि पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : दुध ख्वाएर पालेका सापले डँसे


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ पराजित भएपछि कडा प्रतिक्रिया जनाएका छन् ।

उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँगै कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’

आज भएको बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : १४ बजे

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

सुनसरी – विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका

केन्द्रीय सुरक्षा समिति बैठक सम्पन्न : वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठक आइतबार गृह मन्त्रालयमा सम्पन्न भएको

महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट