कोरोना नियन्त्रणका लागि माओवादीले पार्टीको सबै समिति परिचालन गर्ने | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि माओवादीले पार्टीको सबै समिति परिचालन गर्ने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(माओवादी केन्द्र) ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ ।

सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी पाँच दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहनु भएका नेता पुनले जानकारी दिए ।

ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछ । यस्तै जनप्रतिनिधि, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यकाबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । त्यसबाट औषधी, उपकरण खरिद एवम् सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । यस्तै, कोभिड–१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।

माओवादी केन्द्रले प्रभावकारी काम नगरेको भन्दै सीसीएमसी खारेजीको माग गरेको नेता पुनले जानकारी दिनुभयो । “सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन ।

प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ”, उनले भने ।

प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गरेको छ । यस्तै सो पार्टीले अत्यावश्यक बाहेकका राजनीति नियुक्ति रोक्न, अनुपयुक्त क्षेत्रको खर्च घटाएर कारोना नियन्त्रणमा परिचालन गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ३६ बजे

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा