गृहमन्त्री थापाले मतदातालाई धन्यवाद भन्दै देवकोटालाई दिए बधाई | Khabarhub Khabarhub

गृहमन्त्री थापाले मतदातालाई धन्यवाद भन्दै देवकोटालाई दिए बधाई


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थापाले समाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने तथा निर्वाचनमा सहभागी भएका वागमती प्रदेश सभाका सदस्यहरू, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका हुन् ।

साथै उनले विजयी उम्मेदवार देवकोटालाई बधाई पनि दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका/ उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : ५७ बजे

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका