‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’ « Khabarhub

‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्छिन् ।

उमा सँधै बिहान उठेर घरधन्दा गर्थिन् तर बुधबार बिहान अवेरसम्म सुतिरहिन् । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लागिन् । छोरी श्रृती भने मनिङवाकमा गइन् । उमा भने मस्त निन्द्रमै थिइन् ।

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो ।

निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्‍यो । ‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उनले भनिन्, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उनले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी र छोराछोरी आएर उद्धार गरेका थिए ।

‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले भनिन् । उनको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताए । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल भएको थिइन् । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्किएकी छन् ।

उमा यतिबेला घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छन् । उक्त भूकम्पले उनी मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् । – रासस

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : १२ बजे

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ

यसरी फेरिदैछ रुपातालको रुप

गण्डकी– अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम