बेकह्याम र जेर्राडलाई 'हल अफ फेम' सम्मान | Khabarhub Khabarhub

बेकह्याम र जेर्राडलाई ‘हल अफ फेम’ सम्मान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको ‘हल अफ फेम’ सम्मानबाट डेभिड बेकह्याम र स्टेभेन जेर्राड सम्मानित भएका छन् ।

प्रिमियर लिगले बिहीवार म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान बेकह्यामलाई ‘हल अफ फेम’ बाट सम्मानित गरेको हो ।

यो सम्मान पाउने जेरार्ड सातौं र बेकह्याम आठौँ खेलाडी बनेका छन् । यसअघि यो सम्मान पूर्व खेलाडी फ्रांक लाम्पार्ड, थिएरी हेनरी, रोय केन, एरिक क्यान्टोना, एलन शियरर र डेनी बेर्गकाम्पले पाइसकेका छन् ।

प्रिमियर लिगको उपाधि एक पटक पनि नजित्ने जेरार्डलाई हल अफ फेमको सम्मान दिएको भनेर पिटर क्रचले आलोचना गरेका छन् । जेरार्डलाई पउल स्कोल्स र जोन टेरी भन्दा अगाडि हल अफ फेम दिएकोमा उनको आपत्ती रहेको छ ।

क्रचले एनफिल्डमा सन् २००५ देखि २००८ सम्म बिताएका थिए । जसमा उनले सन् २००६ मा एफ ए कपको उपाधि जितेका थिए । जेरार्डले प्रिमियर लिग खेल्दा सन् २००१ र ०२, २००८ र ०९ तथा २०१३ र १४ को सिजनमा उपविजेता बनेको थियो । हल अफ फेम पाउनेमा थिएरी हेनरी र एलन शियरर पहिलो ब्यक्ति बनेका थिए ।

यस्तै, म्यानचेस्टर युनाइेटडका पूर्व विंगर बेकह्यामले पउल स्कोल्स, पिटर र रियो फर्डिनान्डलाई पछि पार्दै यो सम्मान पाएका हुन । बेकह्यामले आफू हल अफ फेममा समावेश गरिए पनि सबैलाई धन्यवाद दिएका छन् । उनले प्रिमियर लिग आफ्नो करियरमा निकै महत्वपूर्ण रहेको र आफूलाई आइकोनीक खेलाडीसँगै यो सूचीमा राखेकोमा धन्यवाद दिए ।

बेकह्याम सर एलेक्स फर्गुसन प्रशिक्षक हुँदा म्यानचेस्टर युनाइटेडमा चम्किएका थिए । बेकह्यामले प्रिमियर लिगमा दुई सय ६५ खेल खेलेका थिए । उनी युनाइटेडबाट सन् २००३ मा रियल मड्रिडमा गएका थिए । ४६ बर्षे बेकह्यामले प्रिमियर लिगमा ६ वटा उपाधि जितेका थिए । जसमा उनले ६२ गोल गर्नुका साथै ८० एसिस्ट गरेका थिए ।

प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो । बेकह्याम युनाईटेडका लागि २ सय ६५ खेल खेलेका थिए । उनले युनाईटेडका लागि ६२ गोल र ८० असिस्ट गरेका थिए ।

युनाईटेडका लागि बेकह्यामले ६ प्रिमियर लिग उपाधि जितेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३० बजे

गोठदेखि ओठसम्म दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिनुपर्नेमा जोड

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपभोक्ताले स्वच्छ दूध र दुग्धजन्य पदार्थ उपभोग

सीटी मार्केटका सबै पसल तीन महिनाभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सीटी मार्केटका सबै पसलहरू

दशैँमा गाउँ फर्कनेको चहलपहल, यस्तो देखियो जडीबुटी क्षेत्र (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै काठमाडौं छोड्नेको संख्या

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

काठमाडौं– नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई