राष्ट्रपतिको आह्वानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै « Khabarhub

राष्ट्रपतिको आह्वानबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक कदम भएको जनाएको छ ।

यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।

बैठक विहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ ।

विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : १७ बजे

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६