सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ « Khabarhub

सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले अदालतबाट सर्वस्वसहित जन्म कैदको सजाय पाएका एक ब्यक्तिलाई १९ वर्ष पछि पक्राउ गरेको छ ।

पुनरावेदन अदालत बुटवलले २०५९ माघ १५ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ रुद्धपुरका यमबहादुर क्षेत्री १९ वर्षपछि पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमै फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमिक्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।

भारतमा लुकिछिपि बस्दै आएको र अहिले नेपाल आएको प्रहरीलाई सुचना मिलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका क्षेत्रीलाई जिल्ला अदालतमा कैद भुक्तानीको लागि बुझाई कारागार चलान गरेको प्रहरीले बताएको छ ।

बैशाख यता रुपन्देही प्रहरीले १० वर्ष भन्दा बढि सजाय भएका फरार प्रतिवादीहरु हालसम्म ११ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले फरार प्रतिवादी विरुद्धको अप्रेशन कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ४९ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ