संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान « Khabarhub

संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालस्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।

कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सङ्कटासन्न सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एउटा आपत्कालीन प्रतिकार्य योजना परिचालनका निम्ति आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरिएको हो ।

नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्‍याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको उक्त योजनालाई ‘नेपाल ह्युमानिटेरियन कन्ट्रीटीम’ र नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयले जनाएको छ ।

नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले आज एक वक्तव्य जारी गर्दै ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमाथि विनाशकारी प्रभाव पारिरहेको छ र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् । आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्तामा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्नसक्दैनौँ’ भनिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ४ : ५१ बजे

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल