स्वास्थ्य सामग्री व्यवस्थापनका लागि गण्डकीका ७२ पालिकामा बजेट विनियोजन « Khabarhub

स्वास्थ्य सामग्री व्यवस्थापनका लागि गण्डकीका ७२ पालिकामा बजेट विनियोजन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा रु पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट(आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ ।

पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए । पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उहाँले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए ।

सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, “यो सङ्कटको बेला हो, युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।”

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : १६ बजे

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान

महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष

सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम

कृष्ण सिटौलालाई प्रश्न- पार्टी जोगाउनलाई के गर्नुहुन्छ ? 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको