राष्ट्रपतिलाई नेता नेपालको प्रश्न : मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ? « Khabarhub

राष्ट्रपतिलाई नेता नेपालको प्रश्न : मेरो हस्ताक्षर कसरी पहिल्यै आयो ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आफ्नो हस्ताक्षर पेश भएको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रश्न गरेका छन् ।

विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेका नेता नेपालले कसरी आफ्नो नाम पहिल्यै आएको भन्दै प्रश्न गरेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले ओली बुझाएको हस्ताक्षरमा आफ्नो पनि नाम परेपछि आश्चर्य व्यक्त गरेका हुन् ।

स्रोतका अनुसार नेता नेपालको प्रश्नमा राष्ट्रपतिले कुनै जवाफ नदिएको बताइएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर बुझाउने क्रममा संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।

यस्तै नेता नेपालले राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : १३ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन