एमालेको एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिनँ : नेता भट्टराई « Khabarhub

एमालेको एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिनँ : नेता भट्टराई


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन राजनीतिक जीवनकै कठिन दिन भएको बताएका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गर्दा कुनै पनि पक्षलाई समर्थन नजनाएका उनले एमालेको एकता जोगाउनकै लागि यो निर्णय लिएको बताएका छन् ।

उनले आफूले लिएको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

सभापति देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र नेकपा एमालेको नेपाल–खनाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा एमालेका र जसपाको ठाकुर–महतो पक्षका सांसदको समर्थनसहित १५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

एमाले खनाल-नेपाल समूहका सांसदले विपक्षी गठबन्धनका तर्फबाटअघि सारिएका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरे पनि सोही समूहमा रहेका नेता भट्टराइले हस्ताक्षर गर्न मानेका थिएनन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : १६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता