प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण | Khabarhub Khabarhub

प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको कार्यालयको हिरासतमा रहेको १८ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार जिल्ला मातहतका १८ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १६, ढलकेवर र खजुरीमा १÷१ जना गरी जम्मा १८ जना थुनुवामा संक्रमण देखिएको जानकारी दिए ।

‘अदालतले केही दिन पहिले मुद्दा सुनवाईमा ल्याउनु भन्दा पहिले परीक्षण गरेर ल्याउन दिएको निर्देशन अनुसार परीक्षण गराउँदा एक जनामा कोरोना पुष्टि भएको थियो,’उनले भने, ‘त्यसपछि तीन दिन पहिले जिल्लामा रहेको २६ जनाको कोरोना परीक्षण गराउँदा १६ जनामा पुष्टी भएको छ । बाँकी रिहा भएर घर गइसकेका छन् ।’

विभिन्न मुद्दाका सबै संक्रमितलाई स्वास्थ्य मापदण्ड पालना गरी राखेको डीएसपी मिश्रको दावी छ । तर, जिल्लामा तीन वटा थुनुवा कक्ष मात्र रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४१ बजे

८६ लाख रुपैयाँ बढीका अवैध सामग्री बरामद

सर्लाही– सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा

थाङ्का बनाएर वार्षिक १५ लाख रुपैयाँ आम्दानी

सुनसरी– बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र

स्थानीय तहलाई बीमाबारे बुझाउँदै प्राधिकरण

बागलुङ– ग्रामीण तहका नागरिकमासमेत बीमाको पहुँच बढाउन र बिमा शिक्षा

बालाचतुर्दशीमा पशुपतिनाथको कैलाश क्षेत्रमा पसल राख्न नदिने

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वका अवसरमा यस

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम