सपथसम्बन्धी अध्यादेश जारी : ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो « Khabarhub

सपथसम्बन्धी अध्यादेश जारी : ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा भन्न अस्वीरका गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दलाई अध्यादेशमार्फत हटाइएको छ ।

प्रधानमन्त्री ‌ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । तर अब आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि शपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ५३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार