दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र | Khabarhub Khabarhub

दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले दलको निर्णयविपरित आएका हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् ।

विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको उनीहरूले जानकारी गराएका हुन् । दुवै दलले राष्ट्रपति भण्डारीलाई पठाएको पत्रमा व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेका छन् ।

“जसपा र एमालेको तर्फबाट विरोध र कारवाहीको पत्र आएको छ,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो, “उनीहरुले गरेको निर्णयलाई मान्यता नदिनू भन्ने छ । व्यक्तिगत निर्णय कारवाहीको विषय बन्छ । अहिले राष्ट्रपतिबाट मान्यता दिन मिल्दैन ।”

एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको जानकारी राष्ट्रपतिलाई गराइएको बताए ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीलाई दलकै समर्थन चाहिने भएकाले त्यसरी सांसदहरूले दिएको हस्ताक्षरको अर्थ नहुने ज्ञवालीको भनाइ छ ।

राष्ट्रपतिबाट दुवै पत्रको अध्ययन गरेर निर्णय लिइने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०३ बजे

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी