राष्ट्रपतिज्यू प्रधानमन्त्रीको ‘जालझेल’मा नपर्नुस्, सुध्रिने अन्तिम मौका छ : गगन थापा « Khabarhub

राष्ट्रपतिज्यू प्रधानमन्त्रीको ‘जालझेल’मा नपर्नुस्, सुध्रिने अन्तिम मौका छ : गगन थापा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेलमा नपरी संविधानअनुरुप काम गर्न आग्रह गरेका छन् ।

परिस्थितले अन्तिम पटक सुध्रिने मौका दिएको बताउँदै उनले राष्ट्रपतिलाई अहिले ओलीको बचाउमा नलागी संविधानसंगत रुपले काम गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको ‘जालझेल र अपराधमा साथ दिँदा लागेको दाग’ मेटाउने अन्तिम अवसर भएको उल्लेख गरेका छन् ।

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ?’, उनले फेसबुकमा लेखेका छन्, प्रधानमन्त्रीले नै’म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आह्वान गर्ने। अब फेरि जालझेल !’

उनले आज प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको समेत टिप्पणी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!! नभए भिर बाट खस्ने लाई राम राम !’

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : २३ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन