ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्बाचन लड्ने | Khabarhub Khabarhub

ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्बाचन लड्ने


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्ता(एएनआई )- हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेकी छन् । तर उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।

मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो ।

यस वर्षको निर्वाचनमा उहाँले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति भएकी थिइन् ।

पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो ।

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ११ : ०५ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’