भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन « Khabarhub

भारतले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालन


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय दूतावासले नेपाल चिकित्सक संघलाई उपहार दिएको एम्बुलेन्स आजदेखि सञ्चालनमा आएको छ ।

भारतीय दुतावासबाट उपहार स्वरुप उपलब्ध गराइएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स २०७८ जेठ ८ गतेदेखि सञ्चालन गर्ने संघको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार आज संघका केन्द्रीय अध्यक्ष डा. लोचन कार्कीले उद्घाटन गरेका छन् ।

एम्बुलेन्स सेवा उद्घाटन गर्दै संघले सेवा आवश्यक पर्नेले संघका प्रशासकिय सहायक प्रवेश लामिछानेलाई ९८४००१४३०७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

संघले एम्बुलेन्सका सवारी चालक सुरज तामाङमार्फत पनि सम्पर्क गर्न सकिने जनाएको छ । तामाङको मोवाइल नम्बर ९७४६२७१४१२ रहेको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।

सुरुवाती चरणमा उक्त एम्बुलेन्स प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्र संचालन गरिने रिजालले बताए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : २२ बजे

’ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर