सर्वसाधारणलाई घरबाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन « Khabarhub

सर्वसाधारणलाई घरबाहिर निस्कन नदिन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रालयले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्न निर्देशन दिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृहमन्त्रालयमा बोलाएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन् ।

साथै गृहले निषेधाज्ञा उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासनहरुलाई परिपत्र गर्दै कुनै हालतमा पनि सर्वधारणलाई घरबाहिर निस्कन नदिन निर्देशन दिइएको हो । गृहप्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको समीक्षा गर्दै थप प्रभावकारी बनाउन निर्देशन दिइएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मन्त्रालयले यसैसाता जारी कोभिड संकट व्यवस्थापन अध्यादेशको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन आएको बताए ।

निर्देशनअनुसार नै काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडा बनाउने काठमाडौं जिल्ला प्रशासनको योजना छ । राष्ट्रपति कार्यालयले विहीबार कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ जहाँ स्वास्थ्य आपतकालदेखि युनिफाइड अस्पताल स्थापनासम्मका प्रावधान समेटिएको छ ।

साथै, सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने भनिएको छ । अनुमतिबिना वा बिरामी ओसारपोसार गर्ने बाहेक सवारी साधन चलाए कारवाही गर्नसक्ने व्यवस्था पनि छ ।

यस्तो अवस्था दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ८ : ४० बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ