‘भारत’ पछि यो हिट फिल्मको सिक्वेलमा सलमान खान « Khabarhub

‘भारत’ पछि यो हिट फिल्मको सिक्वेलमा सलमान खान


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान पछिल्लो समय फिल्म ‘भारत’ का कारण चर्चामा छन् । लामो समयदेखि दर्शक उनको फिल्मको प्रतीक्षामा छन् । यो मात्र होइन, सलमानका फ्यान ‘टाइगर जिन्दा है’ को सिक्वेलको पनि पर्खाइमा छन् ।

निर्देशक अली अब्बास जफरले फिल्म ‘भारत’ को काम सकिएपछि सलमान खानलाई लिएर ‘टाइगर जिन्दा है’ को सिक्वेल बनाउने बताएका छन् । ‘भारत’ मा पनि उनकै निर्देशन छ । यो फिल्ममा सलमान खानको अपोजिटमा क्याटरीना कैफ छिन् ।

सलमान खान स्टारर फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि सलमान र क्याटरीनाको जोडी दर्शकले देख्न पाएका थिए ।

निर्देशक अली अब्बास जफरले भनेका छन्, ‘मेरा लागि सबैभन्दा पहिले जरुरी काम कथा खोज्नु हो, म एकदमै खुशी छु, किनकि मैले फिल्मका लागि कथा भेट्याइसकेको छु, यो कहानी टाइगर जिन्दा है को सिक्वेल हो ।’

उनका अनुसार उक्त कथा गज्जबको छ । यसअघिका दुई फिल्म सुपरहिट भएकाले पनि दर्शकलाई ‘टाइगर जिन्दा है’ को कहानीमा विशेष रुचि छ ।

सलमान खानको फिल्म ‘भारत’ ईदको मौका पारेर रिलिज हुँदैछ भने डिसेम्बरमा ‘दबंग ३’ रिलिज हुनेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  २ : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार