१० वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

१० वर्षदेखि फरार अभियुक्त पक्राउ


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- गैंडा मारेको अभियोगमा दस वर्ष पहिले कैद फैसला भएका एक फरार अभियुक्त तनहुँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिकाको सैपाङ घर भएका विन्द्र सिंह भनिने सागर प्रजा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनलाई  शुक्रबार तनहुँको ब्यास नगरपालिका–११ स्थित घाँसीकुवाबाट पक्राउ गरिएको हो ।

२०६७ सालको पुस १९ गते निकुञ्जको कोर इलाका धोबाहा रतनीघाटमा वयस्क भाले गैंडालाई गोली प्रहार गरी खाग तस्करी गरेको अभियोगमा प्रजाविरुद्ध २०६७ साल चैत २७ गते मुद्दा दर्ता गरिएको थियो।

२०७२ साल असार ३० गते भएको फैसलामा उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भएकोमा उच्च अदालत पाटन–हेटौडाको संयुक्त इजलासमा २०७४ फाल्गुन १५ गते भएको पुनरावेदनबाट समेत सोही सजाय सदर भएको थियो ।

निकुञ्जमा मुद्दा दर्ता भएर अदालतले फैसला गरिसक्दा पनि प्रजासँगै सोही मुद्दाका ७ जना फरार रहँदै आएका थिए। उनले कम्तीमा पाँच वटा गैंडा मारेको बुझिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : ४० बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र