चेल्सी च्याम्पियन्स लिगमा छनौट « Khabarhub

चेल्सी च्याम्पियन्स लिगमा छनौट


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलमा छनौट भएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी एस्टन भिल्लासँग २-१ गोलले पराजित भए पनि शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो ।

घरेलु मैदानमा खेलको ४३औँ मिनेटमा बेर्ट्राण्ड ट्राओरेले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा अनवर एल घाजीले पेनाल्टीमा गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।

खेलको ७०औँ मिनेटमा बेन चिलविलले एक गोल फर्काए पनि चेल्सी २-१ ले पराजित भयो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

हारका बाबजुद चेल्सीले ३८ खेलमा ६७ अंक जोड्दै शीर्ष चारभित्र रहँदै जारी सिजन अन्त्य गरेको छ । ५५ अंक जोडेको एस्टन ११औँ स्थानमा रह्यो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ५५ बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको