चेल्सी च्याम्पियन्स लिगमा छनौट | Khabarhub Khabarhub

चेल्सी च्याम्पियन्स लिगमा छनौट


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा पराजित भए पनि चेल्सी च्याम्पियन्स लिग फुटबलमा छनौट भएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी एस्टन भिल्लासँग २-१ गोलले पराजित भए पनि शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भएको हो ।

घरेलु मैदानमा खेलको ४३औँ मिनेटमा बेर्ट्राण्ड ट्राओरेले गोल गर्दै एस्टनलाई १-० को अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा अनवर एल घाजीले पेनाल्टीमा गोल गर्दै एस्टनलाई २-० को अग्रता दिलाए ।

खेलको ७०औँ मिनेटमा बेन चिलविलले एक गोल फर्काए पनि चेल्सी २-१ ले पराजित भयो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा सिजरले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

हारका बाबजुद चेल्सीले ३८ खेलमा ६७ अंक जोड्दै शीर्ष चारभित्र रहँदै जारी सिजन अन्त्य गरेको छ । ५५ अंक जोडेको एस्टन ११औँ स्थानमा रह्यो ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ५५ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर