भर्चुअल प्लेटफर्ममा खिचियो ‘पठान’को एक्सन दृश्य | Khabarhub Khabarhub

भर्चुअल प्लेटफर्ममा खिचियो ‘पठान’को एक्सन दृश्य


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोभिडको वर्तमान परिस्थितिले बलिउडका ठूला बजेटका एक्सन फिल्मको सुटिङलाई कठिन बनाइदिएको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै अभिनेताद्वय शाहरुख खान र जोन अब्राहमको फिल्म ‘पठान’ले लकडाउन अघि भर्चुअल प्लेटफर्ममा सुटिङ गरेको छ ।

दैनिक भास्करका अनुसार शाहरुख र जोनले अलग–अलग समयमा आफ्नो हिस्साको भर्चुअल प्लेटफर्ममार्फत सुटिङ पुरा गरेका छन् । दुवै अभिनेता एकै फ्रेममा देखिएपछि फिल्मको पोष्टप्रोडक्सनमा उनीहरुको दृश्यलाई मर्ज गरिनेछ ।

फिल्म ‘पठान’मा शाहरुखको बडी डबल प्रशान्त वाल्डेले यो कुराको पुष्टि गरेका हुन् । प्रशान्त विगत १५ वर्षदेखि शाहरुखको बडी डबलका रुपमा काम गरिरहेका छन् ।

‘यो शैली एक पान मसालाको विज्ञापनको लागि अपनाइएको थियो । विज्ञापनमा अजय देवगनको दृश्य अलग समयमा र शाहरुखको दृश्य अलग समयमा खिचिएपछि त्यसलाई मर्ज गरिएको थियो । एकै समयमा दुई ठूला स्टारलाई कोरोना संक्रमणको जोखिम नहोस् भनेर यो तरिका अपनाइएको हो’, उनले भनेका छन् ।

प्रशान्तका अनुसार फिल्म ‘पठान’ विशुद्ध एक्सन फिल्म हो । यसका लागि शाहरुखले शानदार शरीर बनाएका छन् । यो फिल्म सकिनासाथ शाहरुख दक्षिण भारतीय निर्देशक एट लीको फिल्ममा काम गर्नेछन् । शाहरुख फिल्म ‘पठान’मा बनाएको शरीर र एक्सनको प्रयोग दक्षिण भारतीय फिल्ममा गर्न चाहन्छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  २ : १० बजे

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा

विश्व संगीत दिवस : राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा वृहत कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा वृहत

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको