गाजाक्षेत्रमा भीषण सैनिक आक्रमणको तयारीमा इजरायल « Khabarhub

गाजाक्षेत्रमा भीषण सैनिक आक्रमणको तयारीमा इजरायल


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रबा रकेट प्रहार भएपछि इजरायलले त्यहाँ सैनिक आक्रमण गर्ने भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले इजरायलको रक्षा फौजलाई गाजा क्षेत्रतर्फ सैनिक आक्रमण गर्न निर्देशन दिएको जनाएका हुन् ।

रक्षामन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री नेतान्याहूले गाजा क्षेत्रको सीमा नजिक रहेको सेनालाई ट्यांक, आर्टिलरी र फौजसहित आक्रमणको तयारी गर्न निर्देशन दिएको जनाएका हुन् ।

यसअघि शनिबार मात्रै प्यालेष्टाइनको गाजा क्षेत्रबाट सयौंको सङ्ख्यामा इजरायलतर्फ रकेट आक्रमण भएको थियो ।

अधिकांश रकेट इजरायलको आइरन डोम नामक रकेट प्रतिरोधी प्रणालीले बीच आकाशमै रोकेपनि केही रकेटले जमिनमा आक्रमण गर्न सफल भएको र त्यसबाट केही मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : १९ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।