महंगो इन्गेजमेन्ट औठी लगाउने यी अभिनेत्रीहरु « Khabarhub

महंगो इन्गेजमेन्ट औठी लगाउने यी अभिनेत्रीहरु


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–इन्गेजमेण्टलाई विवाह अघिको पहिलो कर्म मानिन्छ । यो कर्ममा विवाह गर्न लागेका जोडीले एकापसमा औठी लगाइदिन्छन् ।

हीरालाई युवतीको मिल्ने साथी मानिन्छ । त्यसमाथि औठी नै हीरा जडित छ भने त्यो भन्दा खुशीको कुरा युवतीका लागि अरु के हुन्छ ।

बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले इन्गेजमेन्टमा लगाएको औठीको मूल्य करोडौं छ । कैयौं पटक बाहिर निस्कँदा अथवा कुनै सार्वजनिक कार्यक्रममा देखिँदा उनीहरु त्यो औठीलाई छुटाउदैनन् ।

आजतकका अनुसार सन् २००७ मा अभिनेत्री ऐश्वया राय र अभिनेता अभिषेक बच्चनको विवाह निकै भव्य भएको थियो ।

यो विवाहमा उनले लगाएको औठीको निकै चर्चा भएको थियो । ५३ क्यारेटको सोलिटेयर औठीको मूल्य ५० लाख आसपासको छ ।

सन् २०१८ मा दीपिका पादुकोण र रणवीर सिंहले विवाह गरे । दुवैले इटलीको लेक कोमोमा सात फेरा लगाए । सामाजिक सञ्जालमा उनीहरुको विवाहको तस्वीर निकै भाइरल भयो ।

रणवीरले दीपिकालाई इन्गेजमेन्टमा प्लेटिनमको रेक्टेंगल सोलिटेयर औठी लगाइदिएका थिए । जसको मूल्य एक करोड ३० लाख देखि २ करोड ७० लाख रुपैंयाँसम्म पर्छ ।

अभिनेत्री सोनम कपुरले उद्यमी आनन्द अहुजासँग विवाह गरिन् । उनीहरुको विवाहको निकै चर्चा पाएको थियो । सामाजिक सञ्जालमा कैयौं तस्वीर र भिडियो भाइरल नै भए ।

सोनमलाई आनन्दले ९० लाख आसपासको औठी लगाइदिएका थिए । सोनमले यो औठीलाई कान्स फिल्म फेस्टिभलका समयमा सार्वजनिक गरेकी थिइन् ।

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरे । उनीहरुले परिवार र नजिकका आफन्तमाझ विवाह गरे । विराटले अनुष्कालाई १ करोड आसपासको इन्गेजमेन्ट औठी दिएका थिए ।

सन् २०१२ मा करीना कपूरले अभिनेता सैफ अली खानसँग अदालती विवाह गरिन् । यो समयमा सैफले उनलाई करिब ७५ लाख रुपैंयाँको हीराको औठी दिएका थिए ।

सन् २०१८ मा अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफूलाई निक जोनासले विवाहको प्रस्ताव गरेको खुलाइन् । प्रियंकाले टिफनी हीराको औठी पनि देखाएकी थिइन् । यो औठीको मूल्य २ करोड १० लाख पर्छ ।

अभिनेत्री शिल्पा सेठ्ठीलाई उनका व्यापारी पति राज कुन्द्राले २० क्यारेटको हीराको औठी दिएका थिए । जसको मूल्य तीन करोड आसपास पर्छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ३ : ५५ बजे

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका