प्रधानमन्त्री ओली मेडिकल माफियाका प्रमुख संरक्षक भएको डा. केसीको आरोप « Khabarhub

प्रधानमन्त्री ओली मेडिकल माफियाका प्रमुख संरक्षक भएको डा. केसीको आरोप


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै मेडिकल माफियालाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको भन्दै प्रसाईंको मेडिकल कलेजलाई गैरकानूनी रुपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दूषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दुरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक पनि उनी नै हुन् ।’

काठमाडौं विश्वविद्यालयले बीएण्डसीलाई सम्बन्धन दिने तयारी गरेपछि केसीले विरोध जनाएका हुन् । उनले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका छन् ।

जबकि चिकित्सा शिक्षा नियमावली २०७७ अनुसार नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने भए पनि प्रधानमन्त्री ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको केसीले उल्लेख गरेका छन् ।

केसीले बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको पनि बताएका छन् । ‘नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिइरहेको उल्लेख गर्दै बीएण्डसी कलेजलई जबर्जस्ती अवैध सम्बन्धनको प्रक्रिया अघि बढाए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ३ : ४६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका