‘उपाय’द्वारा निःशुल्क अक्सिजन डेलिभरी सेवा, समस्या परे यी नम्बरमा सम्पर्क गर्न सकिने « Khabarhub

‘उपाय’द्वारा निःशुल्क अक्सिजन डेलिभरी सेवा, समस्या परे यी नम्बरमा सम्पर्क गर्न सकिने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको जीवन रक्षाका लागि उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी सेवा थालेको छ ।

कोरोना महामारीका कारण संक्रमितहरुलाई अक्सिजनको अभाव भइरहेका बेला सेवाभावले उपाय सिटी कार्गोले निशुल्क अक्सिजन सिलिण्डर ढुवानी थालेको हो ।

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आवद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं पोखरा तथा बुटवल-भैरहवामा निशुल्क सेवा दिँदै आएका छन् ।

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीईओ) अमिगो खड्काले भने, ‘हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आवद्ध यस घडीमा पनि अग्रपंक्तिमा डटेर अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ढुवानी सेवा दिइरहनु भएका छन् । हामी प्रार्थना गर्दछौं कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितिवश अक्सिजन सिलिन्डर ढवानी गर्नुपर्ने अवस्था आएमा हामी छौं भनेर जानकारी दिन चाहन्छौं ।’

आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिने उनले बताए । यो सेवा २४ घन्टा नै उपलब्ध रहेको सिटी कार्गोले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ३० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका