थप १२ अस्पतालमा रकम निकासा « Khabarhub

थप १२ अस्पतालमा रकम निकासा


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले थप १२ अस्पताललाई कोरोना भाइरसको रोथकाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरीद गर्न रकम निकासा गरेको छ ।

अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियू जडान र पिसिआर मेसिन खरीद लागि थप १२ अस्पतालका लागि आज रु ८ करोड १० लाख निकासा दिएको हो ।

यसरी रकम प्राप्त गर्नेमा त्रिवि शिक्षण अस्पतालल रु ८० लाख, जिल्ला अस्पताल चौतारा रु ७५ लाख, जिल्ला अस्पताल दैलेख रु ७५ लाख, जिल्ला अस्पाताल धनकुटा रु ७५ लाख, जिल्ला अस्पताल जलेश्वर रु ७५ लाख, जिल्ला अस्पताल इलाम रु ७५ लाख रहेको छ ।

यस्तै जिल्ला अस्पताल संखुवासभा रु ८० लाख, रामेछाप अस्पताल रु ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिम रु ७५ लाख, टिकापुर अस्पताल कैलाली रु ७५ लाख, ओखलढुङ्गा अस्पताल रु २५ लाख र व्यास अस्पतालका रु २५ रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ंख्या मन्त्रालयले माग अनुसार अर्थ मन्त्रालयले कोभिड –१९ नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : ४५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान