यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’ « Khabarhub

यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा अभिनेता यश कुमारले स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिन लगाउनका लागि तयार पारेको फाराममा राखिएको व्यहोराप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा एक भिडियोमार्फत फाराममा ‘जात’ छुट्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो फाराममा जात छान्नुपर्ने रहेछ । सायद इण्डिया र चाइनाले जात हेरी हेरी भ्याक्सिन पठायो होला । त्यही भएर जात छुट्याइएको होला’, फाराममा रहेको ‘मधेसी’ शब्दप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘मधेसी भनेको के ? मधेसमा बस्ने सबैजनालाई मधेसी भनेको हो या लुंगी या धोती लगाउनेलाई मधेसी भन्न खोजिएको हो । काठमाडौंमा बस्ने अधिकांश त तराईबाटै आउनुभएको छ । प्रधानमन्त्रीज्यू पनि तराईबाटै आउनुभएको छ । धेरै सेलिब्रेटी पनि तराईबाटै हुनुहुन्छ । म आफैं तराईमा जन्मिएको । मैले केमा चिन्ह लगाउने ।’

उनले आफ्नो एक मुस्लिम साथी केही समय अघि हिन्दु धर्म अपनाएको स्मरण गर्दै फाराममा हिन्दु र क्रिश्चियन धर्म भनी छुट्याइएकोमा चित्त दुखाए ।

‘अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा कतिखेर के हुन्छ भन्ने कसैले भन्न सक्दैन । मान्छे कसरी पल–पल बाच्ने भन्ने अवस्थामा नेपाली नागरिकतामा भ्याक्सिन लगाउन पाइदैन ? अहिले विदेशीलाई पनि समातेर भ्याक्सिन लगाउनुपर्ने बेलामा औषधि र भ्याक्सिन लगाउने फाराममा एकअर्काको जात छुट्याइदिएको छ’, उनले भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयको शैलीले जातीय भेदभाव गर्ने मानिसहरुलाई टेवा र आत्मविश्वास बढाएको दाबी गरेका छन् । ‘सरकारले यस्तो औषधि गर्नुपर्ने विषयमा यसरी छुट्याएर उनीहरुलाई प्रोत्साहन गर्नुहुँदैन’, यशले अगाडि भनेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ४५ बजे

विशेष महाधिवेशनमा विश्वप्रकाश पनि पुगे, कार्यक्रम सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थलमा अर्का महामन्त्री विश्व प्रकाश शर्मा

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका

सबुजकृष्ण बानियाँ बने विशेष महाधिवेशनको सभापति

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन कार्यक्रमको सभापति काठमाडौं जिल्ला कार्यसमितिका

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय