यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’ « Khabarhub

यश कुमारको प्रश्नः ‘मधेसी भनेको के ?’


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा अभिनेता यश कुमारले स्वास्थ्य मन्त्रालयले कोभिड भ्याक्सिन लगाउनका लागि तयार पारेको फाराममा राखिएको व्यहोराप्रति आपत्ति जनाएका छन् । उनले फेसबुकमा एक भिडियोमार्फत फाराममा ‘जात’ छुट्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यो फाराममा जात छान्नुपर्ने रहेछ । सायद इण्डिया र चाइनाले जात हेरी हेरी भ्याक्सिन पठायो होला । त्यही भएर जात छुट्याइएको होला’, फाराममा रहेको ‘मधेसी’ शब्दप्रति लक्षित गर्दै उनले भनेका छन्, ‘मधेसी भनेको के ? मधेसमा बस्ने सबैजनालाई मधेसी भनेको हो या लुंगी या धोती लगाउनेलाई मधेसी भन्न खोजिएको हो । काठमाडौंमा बस्ने अधिकांश त तराईबाटै आउनुभएको छ । प्रधानमन्त्रीज्यू पनि तराईबाटै आउनुभएको छ । धेरै सेलिब्रेटी पनि तराईबाटै हुनुहुन्छ । म आफैं तराईमा जन्मिएको । मैले केमा चिन्ह लगाउने ।’

उनले आफ्नो एक मुस्लिम साथी केही समय अघि हिन्दु धर्म अपनाएको स्मरण गर्दै फाराममा हिन्दु र क्रिश्चियन धर्म भनी छुट्याइएकोमा चित्त दुखाए ।

‘अहिले मान्छे कसरी बाच्ने भन्ने अवस्थामा कतिखेर के हुन्छ भन्ने कसैले भन्न सक्दैन । मान्छे कसरी पल–पल बाच्ने भन्ने अवस्थामा नेपाली नागरिकतामा भ्याक्सिन लगाउन पाइदैन ? अहिले विदेशीलाई पनि समातेर भ्याक्सिन लगाउनुपर्ने बेलामा औषधि र भ्याक्सिन लगाउने फाराममा एकअर्काको जात छुट्याइदिएको छ’, उनले भनेका छन् ।

उनले स्वास्थ्य मन्त्रालयको शैलीले जातीय भेदभाव गर्ने मानिसहरुलाई टेवा र आत्मविश्वास बढाएको दाबी गरेका छन् । ‘सरकारले यस्तो औषधि गर्नुपर्ने विषयमा यसरी छुट्याएर उनीहरुलाई प्रोत्साहन गर्नुहुँदैन’, यशले अगाडि भनेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ६ : ४५ बजे

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट