खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध « Khabarhub

खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।

मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक –आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको सराहना गरे ।

प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे । उनीहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो । “द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्”, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्री ज्ञवालीले महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगबाट त्यसलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय क्षमता वृद्धिमा सघाउ पुगको बताउँदै नेपाल सरकारका तर्फबाट कृतज्ञता ज्ञापन गरे ।

आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरे । कोभिडपछि महामारीअघिको अवस्थामा फर्कने कठिन कार्यलाई मूर्तरुप दिन आर्थिक साझेदारीको गति बढाउन दुवै पक्षले वार्ताका क्रममा सहमति जनाएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ४५ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण