धनुषामा जेठ १७ सम्म निषेधाज्ञा थप | Khabarhub Khabarhub

धनुषामा जेठ १७ सम्म निषेधाज्ञा थप


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा धनुषामा जेठ १७ गते सम्म निषेधाज्ञा थप गरिएको छ ।

आज बिहान जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण नियन्त्रण नभएपछि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १७ गते सम्म जिल्ला भरी निषेधाज्ञा लागू हुने निर्णय गरेको हो । धनुषामा  गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाको समयमा अतिआवश्यक बाहेक सेवामा समेत रोक लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी र तरकारी पसल र बैंक तथा वित्तीय संस्था खोल्न  दिइने आदेशमा जनाइएको छ ।

बिहान ६ बजेदेखि ९ बजेसम्म औषधी व्यवसाय, पेट्रोल, फलफूल, ग्यास पसल र दुध डेरी खोल्न पाइने आदेशमा उल्लेख छ ।

‘अतिआवश्यक व्यवसाय तथा संस्थाहरु विहान खोल्न दिएको छु । तर, उहाँहरु बेलुका पनि लुकिछिपि खोल्ने गरेको थियो,’प्रजिअले वास्तोलाले भने, ‘बेलुका पूर्णरुपमा बन्द गर्ने र अनुगमन बढाउने निर्णय भएको छ ।’

निषेधाज्ञा कडा बनाउन मातहतको सबै कार्यालयलाई पत्राचार गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले  चोक चोकमा होल्डिङ सेन्टरमा राख्ने गरेको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ४३ बजे

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले