नयाँ सरकार बन्ने अवस्था हुँदा हुँदै संसद विघटन गरिएको नेता कोइरालाको आरोप « Khabarhub

नयाँ सरकार बन्ने अवस्था हुँदा हुँदै संसद विघटन गरिएको नेता कोइरालाको आरोप


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज भर्चुअल रुपमा आयोजित ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक सम्वाद कार्यक्रममा उनले सरकारले कोरोना परिक्षणको दायरालाई बढाउन कन्टयाक्ट ट्रेसिङलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेता डा कोइरालाले कोरोना भ्याक्सिन ल्याउनका लागि सरकारले यथेष्ट पहल गर्न नसकेको भन्दै यसका लागि कांग्रेसले पहल थाल्नुपर्ने उल्लेख गरे ।

पार्टीले आफ्नो १४ औँ महाधिवेशनको तोकिएको समयमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य अजय चौरासियाले कोरोनाबाट आक्रान्त भएका जनतालाई राहत दिने काममा सरकार असफल भएको बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोरोना सङ्क्रमणका लागि सरकारले महानगरपालिकालाई कुनैपनि बजेट नदिँदा कोरोना रोकथाममा समस्या परेको बताए । उपत्यकाका विभिन्न १० अस्पताललाई कोरोना उपचारका लागि कामपाले सहयोग गरेको उपप्रमुख खड्गीको भनाइ छ ।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पाँचथरका सभापति नरेन्द्र केरुङ, रामेछापका सभापति लवश्री न्यौपाने, कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीलगायतले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि कांग्रेस कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १० : १५ बजे

बिसुपर्व मनाउन घर फर्कँदै नेपाली

कैलाली– सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

झापा– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा