न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत, हावाहुरीसहित वर्षा र हिमपातको पूर्वानुमान « Khabarhub

न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत, हावाहुरीसहित वर्षा र हिमपातको पूर्वानुमान


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली ‘चक्रवात’मा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उत्तर–उत्तरपश्चिमतिर सर्ने क्रममा यो चक्रवातले बुधबारसम्म शक्तिशाली स्वरूप लिने भएकाले यसको असर नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

चक्रवात शक्तिशाली भएमा बुधबारदेखि केही दिनसम्म नेपालमा त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘चक्रवातको असर मध्य र पश्चिम क्षेत्रमाभन्दा नेपालको पूर्वी क्षेत्रमा बढी पर्नेछ, सावधानिका उपायहरू अपनाउन हामी आह्वान गर्छौँ,’ पौडेलले भने,’त्यसको आंशिक असर त आजदेखि नै देखिने छ ।’

महाशाखाका अनुसार आज अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखी पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले आजदेखि केही दिनसम्मका लागि  पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ ।

बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ  यो क्रम बिहीबारसम्म नै जारी रहने महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ७ : २५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका