कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने « Khabarhub

कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै कामदारले उजुरी गर्न सक्ने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले सोमबार ‘गुनासो र व्हिसलब्लोवर्सका लागि एकीकृत प्लेटफर्म’ को सुरु गरेको हो ।

मन्त्रालयका अनुसार पहिलो चरण शुरूमा निजी क्षेत्रका कर्मचारी र कामदारका साथै घरेलु कामदारहरूलाई गुनासो पेश गर्न अनुमति दिएको जनाएको छ ।

नागरिक र बासिन्दाहरूलाई श्रम कानूनको सामान्य उलङ्घन बारेमा ह्वाइटलब्लोर गुनासो पेश गर्न अनुमति दिएको हो ।

इलेक्ट्रोनिक प्लेटफर्मको माध्यमबाट नागरिकहरू, प्रवासीहरू र प्रतिष्ठानहरूले कतारको श्रम कानून प्रावधानको अधीनमा रहेका संस्थाहरूको बिरूद्ध उजुरी गर्न सक्ने मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

कतारको २००४ कानून नं १४ र घरेलु श्रमिक २०१७ को कानून नं १५ अन्तर्गत पर्ने कामदार अथवा श्रम मन्त्रालयले नियमित गरेका व्यवसायिक कामदारले यो नयाँ प्लेटफर्मबाट उजुरी गर्न सक्नेछन् ।

यो प्लेटफर्मको माध्यमबाट प्रयोगकर्ताले गुनासो पेश गर्न वा उलङ्घन रिपोर्ट गर्न, उजूरीमा अनुगमन गर्न र आफ्नो व्यक्तिगत डाटा समीक्षा गर्न सक्दछ । यो डाटाबेस मन्त्रालयमा दर्ता गरिएको छ जसमा कामदारले आफ्नो सम्पर्क डाटा मोबाइल नम्बर र ईमेलबाट अपडेट गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

कतार सरकारले सुरु गरेको यो प्लेटफर्मबाट कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई आफ्ना गुनासो तथा समस्याहरु राख्नमा थप सहज हुने छ ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : १० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा