यूएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामग्री | Khabarhub Khabarhub

यूएईमा अलपत्र परेका ८० नेपालीलाई एनआरएनएले दियो राहत सामग्री


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीका लागि यूएई पुगेर अलपत्र परेका ८० जना नेपाली कामदारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले राहत वितरण गरेको छ ।

काठमाडौँमा रहेको अञ्जली म्यानपावर मार्फत विगत १५ महिना अगाडि यूएईको अबुधाबीमा रहेको एड्भान्स रिक्रुमेन्ट कम्पनीमा पुगेका उनीहरु कोरोना महामारीपछि कम्पनीले काम नदिँदा अलपत्र अवस्थामा रहेको एनआरएनएले जनाएको छ ।

तीन महिनाको पारिश्रमिक पनि नपाएका उनीहरू दुई महिनादेखि काम बिहिन भएर बसेका छन् । उनीहरुले उद्धारको मागसहित त्यहाँ रहेको नेपाली दूतावासमा निवेदन दिएका थिए ।

दूतावासले एनआरएनएसंग समन्वय गरि आर्थिक स्रोत जुटाएर ८० जनालाई कम्तीमा १५ दिनसम्म खान पुग्ने दाल, चामललगायत खाद्यान्न सामग्री उपलब्ध गराएको एनआरएनए अबुधाबी क्षेत्रका संयोजक फडिन्द्र ढकालले जानकारी दिए।

३८ सय ५० दिराम (झण्डै १ लाख ३० हजार रुपैयाँ)को खाद्य सामग्री खरिद उपलब्ध गराएको एनआरएनएले जनाएको छ । उनीहरुको समस्या समाधानका लागि दूतावासले कम्पनीसंग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । तर, अझै पनि सम्पर्क हुन नसकेको एनआरएनएले जनाएको छ ।

बैदेशिक रोजागारको क्रममा यूएई आएर जागिर गुमाएर अलपत्र वा अन्य साच्चिकै समस्यामा परेकाहरूलाई एनआरएनए यूएईका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यी हुन् सम्पर्क नम्बर

(आबुधाबी क्षेत्र)

संयोजक फडिन्द्र ढकाल

सम्पर्क -०५६ १२१ ७४०१

रामु शाही ठकुरी

सम्पर्क –  ०५४ ५३३ ७५५७

(दुबई क्षेत्र)

संयोजक- मदन अधिकारी

सम्पर्क – ०५० ८६३  ०२७७

मन्जु मल्ल

सम्पर्क – ०५६५८६४७०२

(शारजाह क्षेत्र)

संयोजक: विरेन्द्र नकर्मी

सम्पर्क :- ०५५ २३२ ३०५९

(अजमान क्षेत्र)

संयोजक: राजन खतिवडा

सम्पर्क – ०५५ १०३ ८५७०

राज कार्की

सम्पर्क – ०५६८२२५२०३

प्रकाश थापा

सम्पर्क :- ०५६४७०४४०२

(राक क्षेत्र)

संयोजक: टिएन शर्मा

सम्पर्क – ०५० ६३६ ७६७२

(फुजेरा क्षेत्र)

संयोजक: सुजन सापकोटा

सम्पर्क :- ०५६  ५३४ ६५२०

काशीनाथ कार्की

सम्पर्क – ०५०३९२९४३८

(अलएन क्षेत्र)

संयोजक: राजन अधिकारी

सम्पर्क :- ०५२ ९०३ ६१९५

उज्वल दाहाल

सम्पर्क – ०५५९५१७९२

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४० बजे

राप्रपाले भन्यो- राजालाई पनि अटाउने नयाँ समझारी गर्न दलहरू तयार हुनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजासहितको नयाँ समझदारीमा जानुपर्ने निष्कर्ष

जनकपुरमा टाटाको तीन नयाँ गाडी लन्च

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेपालमा

आजका समाचार : पूर्वराजा उत्साहित हुँदा दलहरूमा आक्रोश, माओवादी सडकमा उत्रिने र युक्रेन अमेरिकासँग वार्ता गर्न तयार 

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !करिब एक महिनासम्म पोखरामा

रविको आक्रोश- मलाई पुर्न खनेको खाडलमा अब सबै जाकिन्छन्

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले छलकपट

राजावादीले सडक तताउनु आवश्यक छैन : महासचिव पोखरेल

गौशाला– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक