नागरिकता अध्यादेश बदरको माग राख्दै सर्वोच्चमा रिट, दर्ताबारे आज टुंगो लाग्ने « Khabarhub

नागरिकता अध्यादेश बदरको माग राख्दै सर्वोच्चमा रिट, दर्ताबारे आज टुंगो लाग्ने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताका लागि पेस भएका छन्। अध्यादेश असंबैधानिक भएको भन्दै बदरको मागसहित सोमबार सर्वोच्चमा रिट पेस भएका हुन।

अधिवक्ता सन्तोष भण्डारी कुलबहादुर बोगटी, दिपक खनालको संयुक्त रुपमा, अधिवक्ता रामबहादुर शाही, प्रकृति खड्कालगाायतको समूह र अधिवक्ता गोविन्दराज बसौलाले रिट दर्ताका लागि पेस गरेका हुन।

रिट निवेदक मध्येका अधिवक्ता भण्डारीले स्वघोषणाका भरमा नागरिकता पाउने व्यवस्था असंबैधानिक र राष्ट्रहित विपरित भएकाले खारेज हुनुपर्ने माग गरिएको बताए।

‘कुनै विदेशी नागरिक आएर म नेपाली हो भन्यो भने पनि नागरिकता पाउनसक्ने व्यवस्था अध्यादेशमा गरिएको छ,’ उनले भने,‘यो राष्ट्रहित विपरितको व्यवस्था भएकाले खारेजीको मागसहित सर्वोच्च गएका छौँ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतबार अध्यादेश जारी गरेकी थिईन। रिट दर्ताबारे आज टुंगो लाग्ने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षसँगको सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश सिफारिस गरेका थिए। अध्यादेशका प्रावधानका बिषयमा चर्को आलोचना हुँदै आएको छ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ११ : ३८ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र