प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको पूर्वसभामुखहरुको निष्कर्ष | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको पूर्वसभामुखहरुको निष्कर्ष


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन जनताप्रति उत्तरदायी कदम नभएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र यो पूर्णत असंवैधानिकका साथै जनताप्रति उत्तरदायी कदम नभएको बताएका हुन् ।

पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुंगोमा पुर्‍याउनुपर्ने धारणा राखेका छन् ।

बैठकपछि कांग्रेसका बरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले अहिले मुलुक कोरोना महामारी र राजनीतिक रुपमा संकटमा रहेका बेला प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताए ।

उनले सबै विवादको समाधान संसदबाटै खोज्नुपर्ने बेला आदालत जानुपरेको जिकिर गरे । पौडेलले सदनबाटै राजनीतिक निकास आउनुपर्ने र जनताको अस्तित्व सदनमाथि कसैले खेलवाड गर्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।

अहिलको अवस्था चुनाव गर्नु भनेको जनतामाथि विपत्ति बर्साउने विषय बाहेक अरु केही नभएको तर्क गरे । उनले अहिले सदन नरहेको अवस्थामा अध्यादेशबाट जेष्ठ १५ गते नै बजेट ल्याउनुपर्छ भन्ने अवस्था नरहेको जिकिर गरे ।

त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिइन् । उनले अहिलेको विषम परिस्थितिमा संकटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताइन् ।

घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक र जनमतलाई अपमान गर्ने किसिमले भएको जिकिर गरिन् ।

छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए । सभामुख सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्व सभामुख सहभागी भएका थिए भने पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ०१ बजे

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा

सामान्य अंकले बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ